बजारमा प्याजको मूल्य मनलाग्दी

पत्रपत्रिकाबाट

शुक्रबार, २९ मंसिर २०८०, ०८ : ०६
बजारमा प्याजको मूल्य मनलाग्दी

काठमाडौ ।  छिमेकी  भारतले  गएको  शनिबारबाट  लागु  हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । तरकारी, खाद्यवस्तुुमा छिमेकी मुुलुुक भारतसँग निर्भर रहेको नेपालमा भारतको प्रतिबन्धको फाइदा यहाँका सीमित र बिचौलियाले लिएका छन् ।

भारतले नेपालसहित अन्य देशमा प्याज निर्यात नगर्ने भन्दै सूचना जारी गरेपछि त्यसको प्रत्यक्ष मारमा सर्वसाधारण नेपालीको भान्सामा देखिएको छ । भारत सरकारको निर्णयलगत्तै नेपाली  बजारमा  प्याजको  भाउ  महँगिएको  छ  ।  

गएको  शनिबारदेखि नै बजारमा प्याजको मूल्य मनलाग्दी छ । खुुद्रा पसलमा प्याजको भाउ प्रतिकेजी १७० रुपियाँमा मुुस्किलले किन्न  पाइन्छ  ।  त्यो  पनि  फाट्टफुट्ट  केही  पसलमा  मात्रै  पाइन्छ । अधिकांश पसलले राख्न छोडिसकेका छन् ।

भारतको  वैदेशिक  व्यापार  महानिर्देशनालयले  गत  बिहीबार  एक  राजपत्र  प्रकाशित  गर्दै  चालु  डिसेम्बरको  अन्तिमसम्म  प्याज  निर्यातको  कसिलो  व्यवस्था  परिमार्जन  गर्दै  शनिबारबाट  लागु  हुने  गरी  प्याज  निर्यातमा  प्रतिबन्ध  लगाएको जनाएको थियो ।

भारतले आगामी सन् २०२४ मार्च अन्तिमसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको खबर गोरखापत्रमा छापिएको छ।

 

प्रतिक्रिया दिनुहोस