सेवा लम्साल सचिवमा बढुवा

सफल खबर संवाददाता

विहीबार, २८ मंसिर २०८०, १८ : ५२
सेवा लम्साल सचिवमा बढुवा

काठमाडौँ । परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल सचिव पदमा बढुवा भएकी छन्।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई सहसचिवबाट विशिष्ठ श्रेणीको रिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।

यसअघि तत्कालीन परराष्ट्र सचिव भरतराज पौड्याल अवकाशमा गएका थिए।

प्रतिक्रिया दिनुहोस