थमन विक हत्या प्रकरणमा एमाले सांसद कोइरीले पाए सफाइ

सफल खबर संवाददाता

विहीबार, २८ मंसिर २०८०, १८ : ४६
थमन विक हत्या प्रकरणमा एमाले सांसद कोइरीले पाए सफाइ

काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन्।

थमन विक हत्या प्रकरणमा अभियुक्त रहेका कोइरी र पवन कापरले सफाइ पाएका हुन्। सोही हत्या प्रकरणमा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई भने जन्मकैदको फैसला भएको छ

उनलाई जिल्ला अदालत महोत्तरीले जन्मकैदको सजाय सुनाएको हो। शर्मासहित प्रदीप साह माझी, सन्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेश पाण्डे र धर्मेन्द्र रायलाई जन्मकैद फैसला भएको छ।

 

प्रतिक्रिया दिनुहोस