नेपाल सुपर लिग : आज वीरगन्ज र इलामबीच प्रतिस्पर्धा हुँदै

सफल खबर संवाददाता

बुधबार, २७ मंसिर २०८०, ०८ : ४४
नेपाल सुपर लिग : आज वीरगन्ज र इलामबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगन्ज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुने भएको छ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

आजको खेलमा वीरगन्ज पहिलो जितको खोजीमा हुनेछ । इलाम दोस्रो जित निकाल्ने योजनामा मैदान प्रवेश गर्नेछ । 

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

प्रतियोगिताको यो सिजनमा काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।
 

प्रतिक्रिया दिनुहोस