काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने ग्यास बढी मूल्यमा बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्ने भएको छ ।निगमले मंगलवार एक विज्ञप्ति जारी गर्दै बजारमा निगमले तोकेको भन्दा बढी मूल्यमा ग्यास बिक्री वितरण भइरहेको जन गुनासो आएकाले त्यस्तो नगर्न आग्रह समेत गरेको छ ।
‘हाल बजारमा नेपाल सरकार तथा नेपाल आयल निगमले निर्धारण गरेको उपभोक्ता मूल्यअनुसार बिक्री नभई बढी मूल्य लिई ग्यास बिक्री वितरण भइरहेको भन्ने समाचार तथा जन गुनासो आएकोमा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
साथै निगमले निर्धारित भन्दा बढी मूल्य लिई ग्यास बिक्री वितरण गर्नु गैरकानूनी भएकाले त्यस्तो कार्य नगर्न/नगराउन पनि सबैमा आग्रह गरेको छ ।
निगमले अहिले प्रति सिलिण्डर (१४.२ केजीको) मूल्य १ हजार ८९५ तोकेको छ । यसका साथै निगमले ग्यास खरिद गर्दा अनिवार्य बिल लिन उपभोक्ताहरूलाई पनि आग्रह गरेको छ ।यसका साथै गैर कानूनी तवरबाट ग्यास बिक्री गरेको पाइए निगमलाई जानकारी दिन पनि निगमले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ मंसिर २०८०, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा एलपी ग्यासको मूल्य फेरि बढ्यो
भारतमा कमर्सियल ग्यास सिलिन्डरको मूल्यवृद्धि
आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै