नेपालका १२ युवा नेता भारत भ्रमणमा

सफल खबर संवाददाता

सोमबार, २५ मंसिर २०८०, १४ : ५९
नेपालका १२ युवा नेता भारत भ्रमणमा

काठमाडौं। भारतको अब्जरभर रिसर्च फाउन्डेसन (ओआरएफ)को आमन्त्रणमा नेपालका १२ जना युवा नेताले आइतवारदेखि भारतको भ्रमण शुरू गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा एमालेकी सांसद सुनिता बराल, माओवादीका अजयशंकर नायक र रास्वपाका कवीन्द्र बुर्लाकोटीलगायत भारत भ्रमणमा गएका हुन्।प्रतिनिधि मण्डलमा जसपा, जनमत र नेकपा एसका नेताहरू समेत सहभागी छन् ।

 

नेपाली भ्रमण टोलीले सोमवार नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल राजघाटमा गएर पुष्पगुच्छा चढाएका छन् । १० दिने भ्रमणका क्रममा उनीहरू विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।शुक्रवार मात्र नेपालका प्रमुख दलनिकट विद्यार्थी संगठनका नेताहरू नयाँ दिल्ली गएका थिए । 

 

प्रतिक्रिया दिनुहोस