इस्लिङटन कलेजमा नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्र स्थापना

सफल खबर संवाददाता

सोमबार, २५ मंसिर २०८०, १४ : १२
इस्लिङटन कलेजमा नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्र स्थापना

काठमाडौं। उच्च शिक्षाको अग्रणी संस्था इस्लिङटन कलेजले नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याएको छ ।अनुसन्धान केन्द्र यही मंसिर २४ गते आइतवारबाट सञ्चालनमा आएको कलेजले जनाएको छ ।

 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका प्रतिनिधिहरूसँगको सहकार्यमा साइबर सुरक्षा शिक्षा र अनुसन्धानलाई अगाडि बढाइएको हो।अनुसन्धान केन्द्रको उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको पनि सहभागिता रहेको थियो ।

 

 

 

कलेजका अनुसार अनुसन्धान केन्द्रको मुख्य लक्ष्य साइबर सुरक्षा खतराहरूमा अनुसन्धानलाई प्रोत्साहित गर्ने रहेको छ ।शैक्षिक कर्मचारी, विद्यार्थी र पूर्व विद्यार्थीहरूले गरेको अनुसन्धानको आधारमा साइबर सुरक्षा डोमेन भित्र उदीयमान प्रविधिहरू अन्वेषण गर्ने र प्रशिक्षणमा ध्यान केन्द्रित गरेर साइबर घटनाहरूको डिजिटल फोरेन्सिक अभ्यास गराइने कलेजले जनाएको छ ।

 

यी लक्ष्यहरू प्राप्त गर्न केन्द्र डिजिटल फोरेन्सिक प्रयोगशाला, सुरक्षा अपरेसन केन्द्र र अनुसन्धान केन्द्रसँग आवश्यक पूर्वाधारसमेत तयार गरिएको छ ।साइबर सुरक्षा अनुसन्धान केन्द्र इस्लिङटन कलेजको एउटा पहल भएको र यसले साइबर सुरक्षाको क्षेत्रमा बढ्दो चुनौतीहरूलाई सम्बोधन गर्ने कलेजको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस