काठमाडौं । संघीय संसद्को महासचिव पदमा डा.पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ । यसअघि संघीय संसद्को महासचिवका रहेका डा.भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएका थिए । २०७७ सालमा नियुक्त भएका गौतमले कार्यकाल सकिनुअघिनै राजीनामा दिएका हुन् ।
उनको राजीनामा स्वीकृत भएसँगै प्रतिनिधिसभाका सभामख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका हुन् । पाण्डेय प्रतिनिधिसभा सचिव हुन् ।
डा.गौतमले अवकाशको समय नजिकिएपछि राजीनामा दिएका हुन् । नेकपा (एमाले) निकट गौतमले राजीनामा दिएपछि सत्तारुढ दलनिकट पाण्डेयलाई महासचिवमा नियुक्त गर्न सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले सिफारिस गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ मंसिर २०८०, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय संसद्को संयुक्त बैठकमा सम्बोधनका लागि राष्ट्रपति उपस्थित
प्रधानमन्त्री कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता
संसद्मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने