काठमाडौं । संघीय संसद्को महासचिव पदमा डा.पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ । यसअघि संघीय संसद्को महासचिवका रहेका डा.भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएका थिए । २०७७ सालमा नियुक्त भएका गौतमले कार्यकाल सकिनुअघिनै राजीनामा दिएका हुन् ।
उनको राजीनामा स्वीकृत भएसँगै प्रतिनिधिसभाका सभामख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका हुन् । पाण्डेय प्रतिनिधिसभा सचिव हुन् ।
डा.गौतमले अवकाशको समय नजिकिएपछि राजीनामा दिएका हुन् । नेकपा (एमाले) निकट गौतमले राजीनामा दिएपछि सत्तारुढ दलनिकट पाण्डेयलाई महासचिवमा नियुक्त गर्न सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले सिफारिस गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ मंसिर २०८०, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता
संसद्मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम शुक्रबार पेस हुने
संघीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदै
संसद्को हिउँदे अधिवेशनबाट पारित भए ५ अध्यादेश र ५ विधेयक
संघीय संसद्का दुबै बैठक बस्दै, यस्ता छन् कार्यसूची