एनटी फाइबर प्रयोगकर्तालाई एक महिनासम्म निःशुल्क डाटा

सफल खबर संवाददाता

सोमबार, २५ मंसिर २०८०, १० : ५०
एनटी फाइबर प्रयोगकर्तालाई एक महिनासम्म निःशुल्क डाटा

काठमाडौं। नेपाल टेलिकमका एनटी फाइबर प्रविधिअन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीले एक महिनासम्म निःशुल्क डाटा सुविधा प्रयोग गर्न पाउने भएका छन् । टेलिकमले आजदेखि लागू हुने गरी सेवाग्राहीलाई परीक्षणका रूपमा एक महिनासम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा सुविधा दिने भएको हो । 

 

यो सेवा प्रयोग गर्न १९८ मा डायल गरी प्राप्त सन्देशअनुसार फेरि १ डायल गर्न पर्ने कम्पनीले जनाएको छ ।त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ । एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुनेछ ।

एक महिनाभन्दा बढी समय यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले पुनः १९८ डायल गरेर १ थिच्नुपर्ने कम्पनीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस