डा. अमरेश कुमार सिंहले भ्रामक प्रचार र झुटको खेती गर्दै छन् : प्रधानमन्त्रीको सचिवालय

सफल खबर संवाददाता

आइतबार, २४ मंसिर २०८०, २१ : ४९
डा. अमरेश कुमार सिंहले भ्रामक प्रचार र झुटको खेती गर्दै छन् : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले सांसद अमरेश कुमार सिंहले भ्रामक प्रचार र झुटको खेती गर्दै आएको बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै सचिवालयले सिंहको अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरु भएको दाबी गरेको छ । 

सिंहले प्रधानमन्त्रीकी छोरी गङ्गा दाहालका विषयमा सामाजिक सञ्जालमार्फत धारणा राखेका थिए । उनले भनेका छन्,‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गङ्गा दाहालले कुन–कुन व्यापारीसँग कुन-कुन मामिलामा कति रकम बुझेका छिन त्यो सबै प्रमाण मसँग सुरक्षित छ । समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।’

यो निन्दनीय आरोप र गतिविधिको घोर भर्त्सना गर्दै प्रचलित विधि र कानुनअनुसार उपचार खोज्न हामी सम्मानित प्रतिनिधिसभाको गम्भीर ध्यानाकर्षण गराउँछौँ, ’सचिवालयले भनेको छ । 

प्रतिक्रिया दिनुहोस