काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले कर्मचारी प्रशासन महाशाखा प्रमुख सुमन दाहालको सरुवा गरेकी छन् ।उनको ठाउँमा स्थानीय तह क्षमता विकास महाशाखा प्रमुख रामकुमार महतोलाई ल्याइएको छ ।
सहसचिव दाहाललाई भने संघीय मामिला महाशाखामा सरुवा गरिएको छ । राष्ट्रिय योजना आयोगमा रहेका सहसचिव दाहाललाई मन्त्री साहले नै सरुवा गरेर आफ्नो मन्त्रालयमा ल्याएकी थिइन् ।राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका डा. सीके राउतका दाइ जयकान्त राउतको सिफारिशमा दाहाललाई मन्त्रालयमा ल्याइएको थियो ।
तर आइतवार उनको सरुवा गरेर मधेशमा प्रमुख जिल्ला अधिकारीसमेत भइसकेका महतोलाई ल्याइएको छ ।दाहाल झापा र महतो धनुषाका हुन् । मन्त्री साह पनि धनुषाकै हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ मंसिर २०८०, १५ : १६
लेखकबाट थप