गौतमबुद्ध विमानस्थलमा उद्योगी-व्यवसायीको धर्ना

सफल खबर संवाददाता

आइतबार, २४ मंसिर २०८०, १४ : ४८
गौतमबुद्ध विमानस्थलमा उद्योगी-व्यवसायीको धर्ना

काठमाडौँ । रुपन्देहीका उद्योगी-व्यवसायी भैरहवाको गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै सडक आन्दोलन सुरु गरेका छन् । रुपन्देहीमा निजी क्षेत्रका ३२ वटा सङ्घसंस्था आबद्ध सिद्धार्थ सञ्जाल रुपन्देहीले आइतबार भैरहवामा सडकमा उत्रिएर आन्दोलन थालेको हो ।

भैरहवाको देवकोटा चोकबाट सुरु भएको विरोध प्रदर्शन बैंकरोड, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर टुंगिएको थियो । व्यवसायीले विमानस्थलमा धर्ना पनि दिएका छन् ।

प्रदर्शनमा सहभागीहरूले विमानस्थलमा अध्यागमन, भन्सार, क्वारेन्टाइन, हुलाक, श्रम, स्वास्थ्य परीक्षण लगायत विमानस्थलसँग सम्बन्धित सरकारी कार्यालय स्थापना गर्न माग गर्दै नाराबाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस