सांसदको लोगो फुकालेर एनसेल खरिद बिक्री विरुद्धको मुद्दामा बहस गर्दै डा.अमरेशकुमार

सफल खबर संवाददाता

आइतबार, २४ मंसिर २०८०, १४ : ४१
सांसदको लोगो फुकालेर एनसेल खरिद बिक्री विरुद्धको मुद्दामा बहस गर्दै डा.अमरेशकुमार

काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले एनसेल खरिद बिक्री विरुद्ध सर्वोच्चमा परेको मुद्दामा आफै बहस गर्ने भएका छन्। उक्त मुद्दाको पेशी आज छ। उनले सांसदको लोगो फुकालेर ‘प्राक्टिसनर’का रूपमा बहस गर्न लागेको जानकारी दिएका छन्। यो मुद्दा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा परेको छ। उनी अहिले आफ्नो पालो कुरेर बसेका छन्।

सांसद भएर देशको रक्षा गर्न चुकिरहेको उल्लेख गर्दै उनले आफूले ऐनसेल-अजिरयता खरिद बिक्रीसम्बन्धी सबै प्रमाणहरू अभिलेख गरिसकेको जानकारी पनि दिए।मुलुकको कानुनी व्यवस्थाअनुसार छ वर्षपछि एनसेल स्वतः नेपाल सरकारको स्वामित्वमा जानुपर्ने हो।

तर, त्यसअघि नै शेयर किनबेच भएको छ। किनबेच अत्यन्तै अस्वाभाविक देखिएको छ। कम्पनीको वास्तविक मूल्यभन्दा निकै कम हुने गरी यति बेला किनबेच गर्नुको उद्देश्य प्रस्ट छ, ‘देशलाई थप नोक्सानी गराउने। एनसेलमा यसअघि पटक पटक भएका किनबेचले पनि यस्तै विवाद गराएका छन्। त्यसैका आधारमा पुनः कर निर्धारण गर्ने र तिराउने प्रक्रिया पनि सुरु भएकै हुन्।’

प्रतिक्रिया दिनुहोस