काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।कैलाली, गोदावरी नगरपालिका-८ स्याउलेमा सु.प.प्र. ०१ ००१ ह ३४८४ नम्बरको अटो शनिबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ सेहरी बस्ने ३५ वर्षीय चक्र सार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
चितवन, माडी नगरपालिका-१ बरुवामा लु.२ च २५०८ नम्बरको बोलेरोले बा.प्र०६-००१ प ४०९३ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३४ वर्षीय सूर्य अधिकारी र मोटरसाइकलमा सवार सोही ठाउँका ३४ वर्षीय बेग खत्री रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका सूर्य अधिकारीको नयाँ मेडिकल कलेज भरतपुर र बेग खत्रीको बघौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी चितवन, खैरहनी नगरपालिका-१० सिदार्थ चोकमा ना.३४ प ९९९६ नम्बरको मोटरसाइकल सडक छेउको विद्युत्को पोलमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-२ बस्ने २५ वर्षीय मनिष भट्टराईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
मकवानपुर, थाहा नगरपालिका-९ चित्लाङमा बा.४ ख ८७७३ नम्बरको बस र बा.६५ प ४१७३ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१० बस्ने ३० वर्षीय मनोज गमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार अर्का १ जना घाइतेलाई उपचारको लागि मनमोहन अस्पताल काठमाडौँ पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अर्घाखाँची, सितगंगा नगरपलिका-८ सातमारामा ना.६ ख २७३९ नम्बरको गिट्टी लोड भएको ट्रक करिब २० मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ट्रक चालक नवलपरासी पश्चिम रामग्राम नगरपालिका-१८ बस्ने ३१ वर्षीय सन्जय थारू र सह-चालक रूपन्देही सियारी गाउँपालिका-२ बगदर्री बस्ने २३ वर्षीय भोला कुर्मी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका संजय थारूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भोला कुर्मीको स्वास्थ्य चौकी भालुवाङ दाङमा उपचारको क्रममा मृत्यु भएको हो ।
रूपन्देही, ओमसतिया गाउँपालिका-४ वसन्तपुरमा बा.प्र०१२८ च ३५५६ नम्बरको कारको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-४ पननि बस्ने ४५ वर्षीय रामदरस हरिजनको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ मंसिर २०८०, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु