फोटोनको नयाँ भ्यान नेपालमा सार्वजनिक हुँदै

सफल खबर संवाददाता

आइतबार, २४ मंसिर २०८०, १२ : १२
फोटोनको नयाँ भ्यान नेपालमा सार्वजनिक हुँदै

काठमाडौँ । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले नेपालमा विश्वको सबैभन्दा धेरै ब्याट्री उत्पादन गर्ने ब्रान्ड CATL को ब्याट्री जडित Foton High Roof 14 & 15 Seater EV VAN  सार्बजनिक गर्ने भएको छ  |

उक्त गाडीमा 85 KW को पावर रहेको छ, जुन यस सेग्मेन्टको गाडीमा सबैभन्दा धेरै हो । साथै आरामदाइ यात्राको लागि एस्पेसिअस ठुलो सिट, इन्टेरियर र फुल ए. सी. रहेको छ ।   कम्पनीका अनुसार यसमा  ५ वर्ष अथवा ३,००,००० कि. मी. को वारेन्टी रहको छ जुन नेपालमा पाईने गाडीहरु मथ्य सबै भन्दा धेरै भएको कम्पनीको भनाइ छ ।

उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो भ्यान सुरक्षाको दृस्टीकोण पनि सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ।फोटोन पछिल्लो समय नेपालमा पिकअप, इलेक्ट्रिक  लो रूफ भ्यान, इलेक्ट्रिक मिनी ट्रक, एम्बुलेन्स सेग्मेंटमा लोकप्रिय हुँदै गइरहेको छ ।

आकर्षक लुक्स र पेर्फोमेन्सले गर्दा फोटोन नेपालको मार्केटमा लोकप्रिय हुन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस