काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको स्थिति निकै नाजुक रहेको टिप्पणी गरेका छन् । शनिबार चितवन काठमाडौं प्रजातान्त्रिक संगमको १२औं अधिवेशनलाई सम्बोधन गर्दै डा. कोइरालाले देश कहालीलाग्दो अवस्थामा पुगेको बताएका हुन् ।
यसतर्फ राज्यले ध्यान पुर्याउन नसकेको उनले बताए । 'देशको राजनीनीतिक परिस्थिति धेरै नै नाजुक छ । आर्थिक, सामाजिक र धार्मिक अवस्था अस्तव्यस्त छ । जताततै अराजकता छ,' उनले भने, 'देशको आर्थिक अवस्था कहालीलाग्दो छ । ऋण लिएर कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था आइसक्यो । उत्पादन केही छैन । किन सकिरहेका छैनौं ? राज्यले ध्यान पुर्याउन सकेको छैन । सरकार अल्मलिएको छ ।'
कांग्रेस परिवर्तन नभई देश परिवर्तन हुन नसक्ने उनले बताए । 'जताततै अराजकता छ । जतासुकै भ्रष्टाचारबाहेक केही कुरा सुनिँदैन,' उनले भने, 'त्यसलाई सम्हाल्ने कसले ? त्यसका लागि लोकतान्त्रिक पार्टी चाहिन्छ । कांग्रेसबाहेक अर्को लोकतान्त्रिक पार्टी छैन । कांग्रेस परिवर्तन नभई देश परिवर्तन हुँदैन । हामी एक्लै चुनाव लड्न डराउँछौं । जबसम्म हामी एक्लै चुनाव लड्ने आट गर्दैनौं तबसम्म हामी झन् कमजोर हुँदे जान्छौं ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ मंसिर २०८०, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ : डा. शेखर कोइराला
डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह
उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु दुःखद : शेखर कोइराला
देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छ: डा. शेखर कोइराला
लोकतन्त्र खतरामा छ : शेखर कोइराला
देउवालाई शेखरको सुझाव- एमालेबाहेक अरू दलका नेतासँग पनि भेट्नुस्