भारतले प्याज निर्यातमा प्रतिबन्ध लगायो

सफल खबर संवाददाता

शुक्रबार, २२ मंसिर २०८०, १४ : ३८
भारतले प्याज निर्यातमा प्रतिबन्ध लगायो

काठमाडौं। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको केन्द्र सरकारले घरेलु बजारमा प्याजको उपलब्धता सुनिश्चित गर्न र मूल्यवृद्धि नियन्त्रण गर्न प्याज निर्यातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।निर्यात प्रतिबन्ध आगामी मार्च २०२४ सम्म कायम रहने विदेश व्यापार महानिर्देशालयले जनाएको छ।

 

यसअघि भारतले वैदेशिक व्यापार नीतिमा संशोधन गर्दै प्याज निर्यातमा न्यूनतम निर्यात मूल्य प्रतिमेट्रिक टन ८०० डलर तोकेको थियो । प्याज निर्यातमा न्यूनतम मूल्य तोकिएलगत्तै नेपालमा प्याजको उपभोक्ता मूल्यमा बृद्धि भएको थियो ।पछिल्लो समय नेपाली बजारमा समेत आलु र सुकेको प्याजको भाउ बढ्दो छ ।

सरकारले भ्याट लगाएर दुःख दिएको भन्दै व्यवसायीले आलु र प्याजको व्यापारमा हडताल गरेका छन् । व्यवसायीको हडतालका कारण बजारमा तीन दिनदेखि आलु र प्याज पाइन छाडेको छ ।

बजेटमा घोषणा हुँदा आयातित आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनिए पनि अहिले आएर स्थानीय किसानसँग खरिद गरेको वस्तुको कारोबारमा समेत भ्याट जोडेर दुःख दिइएको व्यवसायीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस