मोरङ । बिराटनगर महानगरपालिका-७ सात घुम्तिस्थित कवाडी पसलमा बुधबार दिउँसो आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने ४० वर्षीय दिपक मण्डल, सोही महानगरपालिका-६ बस्ने ६५ वर्षीया सुनिता कामत र ५५ वर्षीया सुशिला पासवान रहेका छन् ।
आगलागीमा परी सुशिला पासवानको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते भएका दिपक मण्डलको न्यूरो अस्पताल र सुनिताको बर्न अस्पताल कीर्तिपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
आगोले जलेर घाइते भएका अन्य ३ जनाको बर्न अस्पताल कीर्तिपुरमा उपचार भइरहेको छ । उक्त आगलागीबाट अन्जुला कवाडी र रिया ट्रेडर्सको कवाडीको सामान जलेर करिब २५ लाख रूपैयाँ तथा सोही ठाउँस्थित नरेश राठी र महेश राठीको घरकोठामा रहेको एसी मेसिन १० थान, झ्यालको पल्ला, ट्वाईलेटको सरसामान जलेर करिब १५ लाख रूपैयाँ गरी जम्मा करिब ४० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथ यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ मंसिर २०८०, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि