काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई मजबुत पार्नुपर्ने भन्दै मधेश प्रदेश सभामा सङ्कल्प प्रस्ताव दर्ता भएको छ । आजको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रमुख सचेतक हरिनाराण महतोले सङ्कल्प प्रस्ताव प्रस्तुत गरे । संविधानको अनुसूची ६, ७ र ९ सँग सम्बन्धित प्रदेशका अधिकारहरू संघीय सरकारले दिनुपर्ने सङ्कल्प प्रस्तावमा उल्लेख छ ।
प्रस्तुत सङ्कल्प प्रस्तावमाथि अहिले दलका नेता तथा सांसदहरु समर्थन गर्नेक्रम जारी छ । काँग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले उक्त सङ्कल्प प्रस्तावलाई समर्थन गरिसकेका छन् । सबै दलले सङ्कल्प प्रस्तावको समर्थन गर्ने बुझिएको छ ।
सङ्कल्प प्रस्ताव प्रस्तुत गर्न रोस्टममा जाने क्रममा उनलाई मुख्यमन्त्री सरोज कुमार यादवले हात मिलाएर धन्यवाद दिएका थिए ।जनताको ठूलो योगदानपछि देशमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै खारेजको माग उठेपछि मधेश प्रदेशसभाका सांसदहरु चिन्ता व्यक्त गरेका छन् ।
उनीहरूले वर्तमान व्यवस्थाविरुद्ध लाग्नेलाई देशद्रोह मुद्दा चलाउन संघीय सरकारसँग माग समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० मंसिर २०८०, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्विप
एमालेले के माओवादी फकाउन खोज्दैछ ? यी तीन घट्ना, जसले तरंगित बनाउँदैछ राजनीति
एमाले सचिवालय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने
एमाले संसदीय दलको बैठक जारी