परराष्ट्र सचिव पौड्यालको अवकाश, निमित्तमा लम्साल

सफल खबर संवाददाता

बुधबार, २० मंसिर २०८०, ०८ : ३१
परराष्ट्र सचिव पौड्यालको अवकाश, निमित्तमा लम्साल

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन्। पौडेलले अनिवार्य अवकाश लिएका हुन्। 

सामाजिक सञ्जालमा लेख्दै उनले ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट अवकाश लिएको बताएका छन्।

उनलाई क्यानडाका लागि नेपाली राजदूत बनाउन सरकारले गरेको सिफारिस संyसदीय सुनुवाइ समितिले अनुमोदन गरिसकेको छ।

सचिव पौड्यालले अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएकी छिन्। सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ। 

प्रतिक्रिया दिनुहोस