फिल्म कंगारुको शीर्ष भूमिकामा माग्ने बुढा अनुबन्धित

सफल खबर संवाददाता

मंगलबार, १९ मंसिर २०८०, १२ : २६
फिल्म कंगारुको शीर्ष भूमिकामा माग्ने बुढा अनुबन्धित

काठमाडौं । ‘छक्कापञ्जा’ फेम्ड अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ आगामी फिल्म ‘कंगारु’को शीर्ष भूमिकामा अनुबन्धित भएका छन् । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)ले निर्माण गर्न लागेको यो फिल्ममा केदार जोडिएका हुन् ।

सोमबार निर्माता र उनीबीच लिखित सम्झौता भएको छ । ‘छक्कापञ्जा’ समूहभन्दा बाहिर रहेर केदारले पहिलोपटक फिल्म खेल्न लागेका हुन् । ‘यो फिल्म खेल्न म उत्साहित छु,’ उनले भने ।

यो फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । फिल्ममा तीन शीर्ष अभिनेत्री हुने भनिए पनि कास्टिङबारे उल्लेख छैन । फिल्मलाई नेपाल र अष्ट्रेलियामा छायांकन गर्ने निर्माताको तयारी छ । माग्ने बुढा मंसिर अन्त्यदेखि दीपकराज गिरी र दीपाश्री निरौलासहितको फिल्मको छायांकनमा व्यस्त हुनेछन् । ‘कंगारु’लाई भने फागुनदेखि सुटिङ गर्ने तयारी छ ।

फुलमून मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मसँग आस्याप इन्टरटेनमेन्टको सहकार्यमा फिल्म ‘कंगारु’ निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धनबहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस