बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता हुँदै

एजेन्सी

आइतबार, १७ मंसिर २०८०, १६ : १८
बेलारुसका राष्ट्रपति र चीनका राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता हुँदै

मस्को । मस्कोका कट्टर सहयोगी बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को र चिनियाँ समकक्षी सी जिनपिङबीच बेङजिङमा भेटवार्ता हुँदैछ । राष्ट्रपति सीलाई भेट्न लुकाशेन्को आइतबार चीनको भ्रमणमा निस्किएको बेलारूसी राष्ट्रपति कार्यालयले जनाएको छ ।

बेलारूसी राष्ट्रपतिले सोमबार चिनीयाँ राष्ट्रपति सीसँग व्यापार, अर्थतन्त्र, लगानी र अन्तरराष्ट्रिय सहयोगू जस्ता विभिन्न विषयमा छलफल गर्ने बताइएको छ । लुकासेन्को पछिल्लो समय फेब्रुअरीको अन्त्य र मार्चको शुरुमा चीन भ्रमणमा गएका थिए । उक्त भ्रमणलाई युक्रेनमाथि रुसको आक्रमणको सन्दर्भसँग जोडेर विश्व समुदायले निकै चासोपूर्वक हेरेको थियो ।

यता मस्कोको नजिकको साझेदार चीनले संयुक्त राज्य अमेरिका र यसका युरोपेली सहयोगीहरू र अन्य पक्षहरूले रुसले गरेको युक्रेन आक्रमणलाई लिएर सार्वजनिक रूपमा निन्दा गर्न आग्रह गरे तापनि चीनले भने त्यसो गरेको छैन ।

प्रतिक्रिया दिनुहोस