अपाङ्गतामैत्री नीति,नियम र कानून बनाउन सरकार प्रतिवद्ध छ : मन्त्री ज्वाला

सफल खबर संवाददाता

आइतबार, १७ मंसिर २०८०, १५ : १७
अपाङ्गतामैत्री नीति,नियम र कानून बनाउन सरकार प्रतिवद्ध छ : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अपाङ्गतामैत्री अहिलेसम्म बन्न नसकेका नीति,नियम र कानून बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन । आईतवार ३२ औँ अपाङ्गता भएका व्यक्तिहरुको दिवस विशेष कार्यक्रममा सम्बोधन गर्दै भौतिक पूर्वाधारमन्त्री ज्वालाले यस्तो बताए । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले प्रोत्साहन गर्नेगरी नीति नियमहरु बनाउने तयारीमा रहेको बताए । उनले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा समेत अपाङ्गतामैत्री कार्यक्रम ल्याएर अपाङ्गता भएकाहरुको एजेण्डाहरुलाई सम्बोधन गर्ने कुरामा प्रतिवद्ध रहेको बताए।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि कसरी अपाङ्तामैत्री सार्वजनिक बस,सडक र पुलहरु बनाउने भन्ने विषयमा सबैसँग छलफल गरी अगाडि बढाउने तयारी गरिरहेको बताए । मन्त्री ज्वालाले मुलुकको समग्र भौतिक पूर्वाधारलाई अपाङ्गतामैत्री बनाउने विषयमा सरकार गम्भिर भएर लागि रहेको बताए । उनले सरकारले बनाउने १६ औं योजनामा पनि अपाङ्गता भएकाहरुको माग सम्बोधन गरिने बताए ।

उनले भने ,‘अहिलेसम्म अपाङ्गतामैत्री बन्न नसकेका नीति,नियम र कानून अपाङ्गमैत्री बनाउन सरकार प्रतिवद्ध छ । सरकारले ल्याउनी नीति तथा कार्यक्रम र बजेट समेत अपाङ्गतामैत्री कार्यक्रम लाएर अपाङ्गताहरुको एजेण्डाहरुलाई सम्बोधन गर्ने कुरामा पनि प्रतिवद्ध छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसँग छलफल गर्छु । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि कसरी अपाङ्तामैत्री सार्वजनिक बस,सडक र पुलहरु बनाउने भन्ने विषयमा सबैसँग छलफल गरी अगाडि बढाउँने छौं । समग्र मुलुकको मौतिक पूर्वाधारलाई अपाङ्गतामैत्री बनाउने विषयमा पनि राज्य लागि परेको छ । जुन सबै सरोकारवालाहरुसँग छलफल गरिनेछ । सरकारले बनाउने १६ औं योजनामा पनि अपाङ्गता भएकाहरुको माग सम्बोधन गरिनेछन् ।’

३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धतास अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता’ भन्ने मुल नारा सहित प्रभातफेरी गरेको छ । प्रभातफेरीमा विभिन्न संघसंस्था, विद्यालयलगायतको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने गरिन्छ ।
 

प्रतिक्रिया दिनुहोस