ह्वावेद्वारा जाजरकोटका भूकम्प पीडितहरूलाई मानवीय सहायता

सफल खबर संवाददाता

आइतबार, १७ मंसिर २०८०, १२ : ०२
ह्वावेद्वारा जाजरकोटका भूकम्प पीडितहरूलाई मानवीय सहायता

काठमाडौं । एक जिम्मेवार कर्पोरेट संस्थाको रूपमा ह्वावेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र डिजिटल एम्पावरमेन्ट सोसाइटीसँग मिलेर जाजरकोट र रुकुमका भूकम्प पीडितहरूलाई राहत सामग्रीको रूपमा पाल, कम्बल, स्लीपिङ झोला जस्ता आवश्यक सामग्रीहरू उपलब्ध गराएको छ । 

ह्वावे नेपालका सीईओ ह्वाङ जुन, पीआर निर्देशक झाङ लिआङ र डिजिटल एम्पावरमेन्ट सोसाइटीको उपस्थितिमा मन्त्रालयको कार्यालय सिंहदरबारमा मन्त्री रेखा शर्मालाई राहत सामग्री हस्तान्तरण गरिएको हो ।

ह्वावेले यी राहत सामग्रीहरू विपद्बाट प्रभावितहरूलाई तत्काल सहायता र सान्त्वना प्रदान गर्न, उनीहरूको आधारभूत आवश्यकताहरू सम्बोधन गर्न र चुनौतीपूर्ण समयमा केही राहत प्रदान गर्न महत्त्वपूर्ण रहेको विश्वास लिएको छ ।

ह्वावे नेपालले संकटको समयमा सञ्चारको महत्वपूर्ण भूमिका बुझेको छ । भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार साइटहरू कायम राख्न २४/७ नेटवर्क सेवा प्रदान गर्न ह्वावे समर्पित रहेको बताएको छ । ह्वावेले तुरुन्त भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार सेवालाई निरन्तर सुचारु अवस्थामा राख्न आफ्नो प्राविधिक टिमलाई स्ट्यान्डबाइ राखेको जनाएको छ ।

राहत सामग्री हस्तान्तरणपछि ह्वावे नेपालका सीईओ ह्वाङ जुनले भने– ’म प्रभावित क्षेत्रका दिवंगत आत्माहरूप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु र सञ्चार पूर्वाधारहरू सञ्चालनमा रहन, उद्धार र राहतको समन्वयलाई सहज बनाउन ह्वावे नेपालबाट निरन्तर सहयोगको आश्वासन दिन चाहन्छु । हामी नेपालका लागि नेपालमा छौं ।’ 

ह्वावेले प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रहरूमा तत्काल राहत सामग्री उपलब्ध गराउन सधैं अग्रगामी भूमिका खेलेको छ । 
सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भन्छिन्– ’हामी नेपालको दूरसञ्चार क्षेत्रमा हुवावेले गरेको योगदानको कदर गर्छौं र यस विनाशकारी अवधिमा गरेका प्रयासहरूको कदर गर्छौं ।’ 

नेपालको जाजरकोटमा राहत कार्यमा सहयोग गर्ने ह्वावेको प्रतिबद्धता कम्पनीको मूल्यमान्यता र यसले सेवा गर्ने समुदायहरूमा सकारात्मक प्रभाव पार्ने समर्पणको प्रमाण हो ।

ह्वावेले यस कठिन समयमा नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको र पुनः निर्माणको लागि सहयोग प्रदान गर्न प्रतिबद्ध रहेको स्पष्ट गरेको छ । साथै ह्वावेले प्राविधिक सहयोग, पूर्वाधार मर्मतसम्भार र प्रत्यक्ष राहत प्रयासहरूसहित एक जिम्मेवार कर्पोरेट र भूकम्पपछिको राहत तथा उद्धारको अभियानमा नेपालको भरपर्दो साझेदार बन्ने प्रतिबद्धता व्यक्त गरको छ ।

प्रतिक्रिया दिनुहोस