काठमाडौं । दोलखाको तामाकोसी गाउँपालिका-२ झुलेमा सिकार खेल्ने क्रममा भरूवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झुलेका २० वर्षीय संजिव सार्की रहेको प्रहरीले जनाएको छ । जंगलमा सिकार खेल्न गएका संजिवले आफैँले चलाएको भरूवा भाँचिएर छातीमा छर्रा लागेर घाइते भएका थिए ।
उनको उपचारका लागि पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पतालमा ल्याइएकाे थियाे । आइतबार बिहान उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जानकारि दिएकाे छ । उनीसँगै शनिबार साँझ सिकार खेल्न गएका ६ जनालाई प्रहरीले भरूवा बन्दुकसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, ११ : ३९
लेखकबाट थप