काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महर जोडिएको एक अडियो यतिबेला सामाजिक संजालमा छताछुल्ल भएको छ । एकजना महिला र महरको बिचमा भएको भनिएको ‘यौन सम्बन्धी विवाद’ सामाजिक संजालमार्फत बहिरिएको हो ।
आफूसँग सबन्धमा रहेकी महिलाले ‘बर्बाद पार्छु’ भनेपछि ऐन महरले परिस्थितिलाई साम्य बनाउन सो संवाद गरेको देखिन्छ । सार्वजनिक अडियोमा महरले अडियोमा ती महिलासँग सम्बन्ध रहेको तर, आगामी दिनमा परिवारसँग मिलेर बस्न र ‘डिभोर्स’ नगर्न सुझाएका छन् ।
संवादको बिचमा अडियो रेकर्ड गरेकोबारे महिलालाई शंका गरेका महरले ती महिलाले आफूलाई प्रयोग गर्न खोजेको आरोप लगाएको अडियोमा सुनिएको छ । महिलाले दुईजनाको बिचमा शारीरिक सम्पर्क भएपछि आवश्यक औषधी किन्न महरले आनाकानी गरेको भन्दै आक्रोश पोखेकी छन् ।
सो अडियोबारे आफूले सामाजिक संजालबाट नै थाहा पाएको नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरले बताए । उनले अडियो फेक भएको पनि दाबी गरे । उनले भने, ‘मेरो नाम जोडेर फेक अडियो आएको रहेछ, मैले पनि संजालबाट थाहा पाएँ ।’
अनेरास्ववियुका पूर्व अध्यक्ष महरले आफ्नो बिरुद्ध लागेकाहरुले योजनाबद्ध रुपमा नक्कली अडियो बाहिर ल्याएको भन्दै कानुनी उपचारमा लाग्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ मंसिर २०८०, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको निर्वाचन तालिका सार्वजनिक
एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्कायो, अब १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने
एमाले केन्द्रीय कमिटी बैठक सुरु
एमाले महाधिवेशन : मनोनयन प्रतिनिधिहरुकाे कार्ड वितरण सुरु
एमालेमा के फेरि विधान संशोधन प्रस्ताव आउन लागेको हो ?
एमाले महाधिवेशन : ओलीले बोलाए केन्द्रीय कमिटी बैठक, बन्दसत्र सर्यो