अमेरिकी डलरसँग भारतीय रुपैयाँको विनिमय दर हालसम्मकै न्यून

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०७५, १७ : १४
अमेरिकी डलरसँग भारतीय रुपैयाँको विनिमय दर हालसम्मकै न्यून

काठमाडौँ । आज अमेरिकी डलरसँगको भारतीय रुपैयाँको विनिमय दर हालसम्मकै न्यून कायम भएको छ । यो वर्षभरीनै भारतीय रुपैयाँको विनिमर दर ओरालो लाग्दै आएको छ ।
तेलको मूल्यमा भएको वृद्धि, उदीयमान बजारप्रतिको बृहत चासो र महिनाको अन्त्यमा डलरको मागमा वृद्धि भएकाले रुपैयाँको विनिमय दर ओरालो लागेको अर्थशास्त्रीहरुले बताएका छन् । अघिल्लो दिन ७०.४७५ कायम भएको रुपैयाँ आज बिहीबार ७०.८१०० कायम भएको छ । यो सहित यो वर्षको सुरुवातदेखि आजका दिन सम्म भारतीय रुपैयाँको विनिमय दरमा १०.९७ प्रतिशतको अवमूल्यन भइसकेको छ । उच्च तेल मूल्यका कारण पनि भारतको चालू खाता घाटामा वृद्धि भएको डच बैंक वेल्थ म्यानेजमेनटले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । महँगो तेलले भारतको आयात मूल्यमा पनि वृद्धि भएको छ । भारतले आफ्नो  आवश्यकताको ठूलो परिमाणमा तेलको आयात गर्दै आएको छ । उच्च तेल मूल्यले चालू खाता घाटामा पनि वृद्धि भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस