काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशलाई हृदयभित्र राखेर काम गर्ने कसम खाएका छन् । केही दिनदेखि मधेशका जिल्लाहरूमा सक्रिय लामिछाने आज बिहान कमला नदीमा लागेको कार्तिक पूर्णिमा मेलाको आरतीमा सहभागी भएका थिए ।
आरतीपछि सम्बोधन गर्दै उनले पत्रकारिताबाट जति गरे त्यो पर्याप्त नभएपछि राजनीतिमा आएको बताए ।उनले भने, ‘राजनीतिमार्फत जति गर्न सक्छु, दिल खोलेर गर्छु । मन खोलेर गर्छु । मधेशलाई हृदयभित्र राखेर काम गर्नेछु । र, परिणाम देखाउनेछु ।’
उनले बोलेको सबै कुरा गर्ने भन्दै कमलामाईको कसम समेत खाए । उनले भने, ‘म कुनै अपेक्षा राखेर बोलेको छैन । मलाई थाहा छ कमलामाई साक्षी राखेर भनेको छु । आफूले बोलेको कुरा पुरा गर्नेछु । जति बोल्ने त्यति गर्ने र जति गर्ने त्यति बोल्ने स्वभावको मान्छे म हुँ ।’
उनले आफूले गरेको कामको रिपोर्ट कार्ड बोकेर कुनै दिन मधेश आएर देखाउने प्रतिबद्धता समेत जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ मंसिर २०८०, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नख्खु कारागार फर्किए रवि लामिछाने
‘मलाई जबरजस्ती निकालिएको हो, समातेर कस्टडीमा राखे हुन्छ’ : रवि लामिछाने
प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रवि लामिछानेको दाबी
प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले
उम्मेदवार टुंग्याउनु अगाडी रास्वपाले आकांक्षीहरुलाई किन भेट्न पठाउँदैछन् रवि लामिछाने ?
रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ