काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशलाई हृदयभित्र राखेर काम गर्ने कसम खाएका छन् । केही दिनदेखि मधेशका जिल्लाहरूमा सक्रिय लामिछाने आज बिहान कमला नदीमा लागेको कार्तिक पूर्णिमा मेलाको आरतीमा सहभागी भएका थिए ।
आरतीपछि सम्बोधन गर्दै उनले पत्रकारिताबाट जति गरे त्यो पर्याप्त नभएपछि राजनीतिमा आएको बताए ।उनले भने, ‘राजनीतिमार्फत जति गर्न सक्छु, दिल खोलेर गर्छु । मन खोलेर गर्छु । मधेशलाई हृदयभित्र राखेर काम गर्नेछु । र, परिणाम देखाउनेछु ।’
उनले बोलेको सबै कुरा गर्ने भन्दै कमलामाईको कसम समेत खाए । उनले भने, ‘म कुनै अपेक्षा राखेर बोलेको छैन । मलाई थाहा छ कमलामाई साक्षी राखेर भनेको छु । आफूले बोलेको कुरा पुरा गर्नेछु । जति बोल्ने त्यति गर्ने र जति गर्ने त्यति बोल्ने स्वभावको मान्छे म हुँ ।’
उनले आफूले गरेको कामको रिपोर्ट कार्ड बोकेर कुनै दिन मधेश आएर देखाउने प्रतिबद्धता समेत जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ मंसिर २०८०, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि