नेपाल सुपर लिगमा काठमाडौँको विजयी सुरूवात

सफल खबर संवाददाता

शुक्रबार, ०८ मंसिर २०८०, २० : ४५
नेपाल सुपर लिगमा काठमाडौँको विजयी सुरूवात

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा साविक च्याम्पियन काठमाडौँले विजयी सुरुवात गरेको छ। शुक्रबार साँझ दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा काठमाडौँले स्पोर्टिङ इलामलाई १-० गोलले हरायो।

काठमाडौँको जितमा राजीव लोप्चन नायक साबित भए। उनले खेलको ५१ मिनेटमा गरेको गोल निर्णायक हुँदा काठमाडौँले वियजी सुरूवात गर्न सफल भयो।इलामका कप्तान तथा गोलकिपर विकेश कुथुले क्लियर गर्न नसकेको बलमा उनले डिबक्स भित्रबाट गोल गरे।त्यसअघि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

ए डिभिजन क्लबसँगको विवादका कारण दोस्रो संस्करण लिग दुई वर्षपछि सुरु भएको हो। प्रतियोगितामा ९ टिमले भाग लिँदै छन् भने टिममा पाँच विदेशी खेलाडी राख्न पाइने नियम छ। यस्तै कतिपय टिमले विदेशी प्रशिक्षक समेत भित्र्याएका छन्।

लिगमा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची सहभागी हुनेछन्।  सबै टिमले लिग चरणमा एकआपसमा खेलेपछि चार टिम प्लेअफमा पुग्नेछन्।

प्रतिक्रिया दिनुहोस