हेटौँडा । मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बाघको आक्रमणबाट चितवनका एकजना पुरुषको मृत्यु भएको हो ।
शुक्रबार बिहान जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ६ खयर घारी नजिकै बाघको आक्रमणबाट चितवनका हरि पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चितवनको राप्ति नगरपालिका वडा नम्बर–१ दुबि चौरका ४३ वर्षीय पौडेललाई मनहरी–६ खयर घारी गाउँदेखि अन्दाजी २ किलोमिटर दक्षिणतर्फ रहेको राप्ति र लोथर खोलाको मध्यवर्ती क्षेत्र अन्तर्गत दोभानमा खर काट्न आएको अवस्थामा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।घटना भएको खबर पाउनासाथ अनुशन्धान र मुचुल्काको लागी ईलाका प्रहरी कार्यलय मनहरीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटाइएको प्रवक्ता भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ मंसिर २०८०, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाघको आक्रमणबाट वृद्धको मृत्यु
गत वर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
४ जनाको ज्यान लिने बाघ ‘डार्ट’ हानेर नियन्त्रण
बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव
आज विश्व बाघ दिवस, सबैभन्दा बढी बाघ भारतमा