काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समितिको बैठक काठमाडौंमा शुरू भएको छ । केन्द्रीय समितिको चौथो पूर्ण बैठक बुधवार दिउँसो केन्द्रीय कार्यालय, तीनकुनेमा शुरू भएको हो ।बैठकको एउटा एजेन्डा नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्नेबारे रहेको नेसपाले जनाएको छ ।
नेसपाले मंगलवार माओवादी केन्द्रसँग पार्टी एकता गर्न तयार रहेको जनाएको थियो ।जसअनुसार अध्यक्ष डा बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति बनाउने निर्णय गरेको थियो ।
एकता समायोजन समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगा श्रेष्ठ, महाचिव यादव र उपाध्यक्ष दुर्गा सोव रहेका छन् ।केन्द्रीय समितिको बैठक बिहीवारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, १४ : १५
लेखकबाट थप