काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार दोस्रो दिन सुनको मूल्य बढेको छ । महासंघका अनुसार हिजो र आजगरी लगातार दोस्रो दिन सुनको मूल्य बढेको हो । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ७०० रुपैयाँ कायम भएको छ ।
महासंघले सुनको मूल्यमा हिजो मंगलबार र आज बुधबार लगातार ५०० रुपैयाँका दरले बढेको जनाएको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ७०० रुपैयाँ थियो । हिजो मंगलबार तोलामा १ लाख १६ हजार २०० रुपैयाँ थियो ।
सुनको मूल्य बढेको दिन चाँदीको पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ । हिजो मंगलबार समेत चाँदीको कारोबार यही मूल्यमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आज घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
सुनको मूल्य घट्यो ,कति पुग्यो तोलाको ?
सुनको मूल्य तोलामा १ लाख ८० हजार नजिक, बन्यो नयाँ कीर्तिमान