काठमाडौँ । नेकपा माओवादी केन्द्रसँग एकता गर्न तयार भएको छ । लामो छलफलपछि नेसपाको सिंगो कमिटी एकताका लागि तयार भएको बताइएको छ । यसअघि एकताका लागि अध्यक्ष बाबुराम भट्टराईले आनाकानी गरेपनि अन्तिम समयमा आएर तयार भएका हुन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको नेसपाको कार्यकारिणी समितिको बैठकले माओवादीसँग एकता गर्ने सर्वसम्मत निर्णय महासचिव रमेशप्रसाद यादवले जानकारी दिए । जसअनुसार अध्यक्ष डा भट्टराईको नेतृत्वमा एकता समायोजन समिति बनाउने निर्णय भएको छ । यादवका अनुसार एकता समायोजन समितिमा अर्का अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगा श्रेष्ठ, महाचिव यादव र उपाध्यक्ष दुर्गा सोव रहनेछन् ।
समितिले माओवादीसँग थप वार्ता गरेर एकताबारे टुंगो लाग्ने बताइएको छ । यसअघि दुबै पार्टीको वार्ता समिति तहमा एकता समायोजन समिति बनाउने सहमति बनेपछि नेसपाले पार्टीमा छलफल चलाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ मंसिर २०८०, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर