काठमाडौं। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल भूकम्प पीडितका लागि घर अस्थायी घर बनाउन जाजरकोट खटिएका छन् ।पार्टीको निर्णय अनुसार पौडेल जाजरकोटको नलगाडा नगरापलिका ५ रघुनाथमा भूकम्प पीडितका लागि अस्थायी घर टहरा निर्माणमा लागि जुटेका पुगेका हुन् ।
पार्टीको निर्णय अनुसार पहिलो लटमा एउटा टोलीमा १० जना रहने गरी २५० जना जाजरकोट र रुकुम पश्चिम पुगेका हुन् ।१० जनाको टोलीले पाँच दिनसम्म बसेर त्यहीका पार्टीका युवालाई समेटेर पीडितका लागि अस्थायी संरचना बनाएर फर्किनेछन् । त्यसपछि फेरि पार्टीले अर्को टोलीलाई प्रभावित क्षेत्रमा खटाउनेछ ।
पार्टीले सकेसम्म सबै टोलीमा कम्तीमा एक एक केन्द्रीय सदस्यलाई खटाएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।सरकारले घोषणा गरेको राहत रकमबाट किनिएको जस्तापातासहितको सामग्री बटुलेर अस्थायी संरचना बनाउन जनशक्ति परिचालन गरिएको विश्वकर्मा बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ मंसिर २०८०, १४ : ४९
लेखकबाट थप