१२ सदस्यीय चालक दलसहितको टर्कीको कार्गो जहाज समुन्द्रमा डुब्यो

सफल खबर संवाददाता

मंगलबार, ०५ मंसिर २०८०, १२ : १४
१२ सदस्यीय चालक दलसहितको टर्कीको कार्गो जहाज समुन्द्रमा डुब्यो

टर्की । सुनामीका कारण टर्कीको कार्गो जहाज र १२ सदस्यीय चालक दल टर्किएको ब्ल्याक सी मा डुबेको छ ।टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले चालक दलसँग सम्पर्क गर्न असमर्थ भएको बताए ।

रूसी बन्दरगाह टेम्रयुकबाट टर्किएको अलियागामा फेरोसिलिकन ढुवानी गरिरहेको काफ्कामेटलर जहाज एरेग्लीको ब्रेकवाटरमा ठोक्किएपछि डुबेको मन्त्रीले बताए ।

सो क्षेत्रमा आईतवार शक्तिशाली सुनामी आएको थियो । खराब मौसमका डुबेका व्यक्तिको खोजिमा समस्या आएको बताइएको छ ।उनले प्रतिकुल मौसममा सुधार आएसँगै खोजि कार्य अघि बढ्ने बताए । 

प्रतिक्रिया दिनुहोस