युवा सङ्घको कार्यक्रम तीनकुनेमा हुने

सफल खबर संवाददाता

सोमबार, ०४ मंसिर २०८०, २१ : ०२
युवा सङ्घको कार्यक्रम तीनकुनेमा हुने

काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय युवा सङ्घ र अनेरास्ववियुले मंसिर ७ मा आयोजना गरेको प्रदर्शनको स्थान परिवर्तन गरेको छ । युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम उही समयमा तीनकुनेमा सारिएको जनाएका छन् । 

सरकारले सोमबारबाट एक महिनासम्मका लागि माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेपछि युवा सङ्घले कार्यक्रमको स्थान परिवर्तन गरेको हो । सरकारले माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेकाले  निर्धारित कार्यक्रम सोही मिति र समय (बिहान ११ बजे) मा काठमाडौँस्थित तीनकुनेमा हुने अध्यक्ष थेवेले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस