काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडकमा आश्रितको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले कानुनी व्यवस्था गर्न लागेको बताएका छन् । उनले सरकारबाट सहयोगको अपेक्षा गरेका सडक आश्रितको समुचित व्यवस्थापन हुने गरी आगामी संसद् अधिवेशनमा विधेयक पेश गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मानव सेवा आश्रमले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले मानव सेवा आश्रमलाई सहयोगापेक्षी सडक मानव उद्धारका लागि आतिआवश्यक पर्ने भवन, जग्गा, वाहनलगायतका सेवा उपलब्ध गराउन पनि सरकार प्रतिबद्ध रहेको बताए ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले सात वटै प्रदेशमा एक-एक वटा सडक आश्रित मानव उद्धारका लागि आजैबाट सञ्चालनमा आउने गरी सवारी साधन उपलब्ध गराउने घोषणा गरेका थिए । ‘बेवारिसे, असहाय, अशक्त, जोखिममा परेका, मानसिक असन्तुलन भएका, सहयोगापेक्षी सडक आश्रित मानिसको समुचित व्यवस्थापन गर्न आउँदो संघीय अधिवेशनसम्म नेपाल सरकारले सो सम्बन्धी विधेयक तयार गरी पेस गर्ने प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु,’ उनले भने ।
सडक आश्रित मानिसहरूको व्यवस्थापनका लागि संघीय सरकारसँगै प्रदेश सरकार र स्थानीय तहहरूले पनि लाग्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । उनले स्थानीय तह र प्रदेश सरकाले सडक मानव व्यवस्थापन गर्न आफ्नो तर्फबाट कार्यक्रम तथा बजेट व्यवस्थापन गर्न आवश्यक पहल र समन्वय गर्ने पनि बताए। ‘सडक मानवमुक्त बनाउने नेपाल सरकारको घोषित उद्देश्य पूर्तिका लागि एक महिनाभित्र नेपाल सरकारको मन्त्रिपरिषद्बाट निश्चित योजना बनाई अघि बढ्ने विश्वास पनि म तपाईहरूलाई दिलाउन चाहन्छु,’ प्रधानमन्त्री ‘प्रचण्ड’ले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ मंसिर २०८०, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको इतिहासमा माओवादीले जस्तो भ्रष्टाचारविरूद्धको अभियान अरूले चलाएका थिएनन् : प्रधानमन्त्री प्रचण्ड
समाजमा नकरात्मक प्रवृति बढ्यो, त्यो ओरालो यात्रा मात्र हो : प्रधानमन्त्री प्रचण्ड
शासकीय प्रणाली सुधार गर्न आयोग गठन गर्छौँ : प्रधानमन्त्री प्रचण्ड
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड
मुलुकका लागि माओवादी रुपान्तरण हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा