रोहितको ‘वरिष्ठ बलराम’मा दयाको इन्ट्री

सफल खबर संवाददाता

सोमबार, ०४ मंसिर २०८०, १२ : ५६
रोहितको ‘वरिष्ठ बलराम’मा दयाको इन्ट्री

काठमाडौँ । रोहित अधिकारीको निर्माण रहने फिल्म ‘वरिष्ठ बलराम’ को छायाङ्कन २५ मङ्सिरबाट सुरु हुने भएको छ । निर्माता अधिकारीले सामाजिक सञ्जालमार्फत फिल्मको छायाङ्कन मिति सार्वजनिक गरेका हुन् ।

फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, दिव्या रायमाझी, माओत्से गुरुङ लगायतको मुख्य भूमिका रहनेछ । दिव्या अभिनेता दिलीप रायमाझीको छोरी हुन् । फिल्मको विषयवस्तु भने अहिले खुलाइएको छैन ।

फिल्मको निर्देशन सुरेन्द्र पौडेलले गर्दैछन् । फिल्मको पटकथा लेखन खगेन्द्र लामिछानेको रहेको छ । फिल्म रोहित अधिकारी फिल्मस् र ओएसआर डिजिटलको सहकार्यमा बन्न लागेको हो । ओमप्रकाश अग्रवाल समेत निर्माता रहने फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता रहनेछन् ।

सुजन चापागाईँको सङ्गीत र सुसन प्रजापतिको छायाङ्कन फिल्ममा रहनेछ ।

प्रतिक्रिया दिनुहोस