शान्ति निर्माणमा सामाजिक सञ्जाल चुनौती : मन्त्री किराती

सफल खबर संवाददाता

सोमबार, ०४ मंसिर २०८०, १२ : ४१
शान्ति निर्माणमा सामाजिक सञ्जाल चुनौती : मन्त्री किराती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक सञ्जालका कारण नेपालको शान्तिमा खलल हुने अवस्था आएको दाबी गरेका छन् । सामाजिक सञ्जाललाई ठीक समयमा ठीक तरिकाले नियन्त्रण गर्न नसकिए द्वन्द्व बढेर जाने उनले बताए । नेपाल सम्वाद सम्मेलनमा बोल्दै उनले नेपालमा शान्ति कायम गर्न सामजिक सञ्जाल चुनौती रहेको बताए ।

मन्त्री किरातीले भने, ‘प्रजातन्त्रका नाममा अराजकता फैलाउन पाइँदैन । एक हातमा माला र एक हातमा भाला बोकेर सामाजिक सञ्जालमा बोल्न पाइन्न ।’ सरकारले भर्खरै टिकटकलाई केही समयका लागि प्रतिबन्ध लगाएर सामाजिक र सांस्कृतिक सम्बन्धमा खलल पुर्‍याउन रोकेको उनको जिकिर छ । मन्त्री किरातीले बेला-बेलामा धार्मिक, सामाजिक द्वन्द्व फैलाउन खोजिएको भए पनि असफल भएको बताए ।

उनले भने, ‘अहिले पनि जातीय र धार्मिक सद्भाव बिथोल्न खोजिँदैछ, म ठोकेर भन्छु यस पटक पनि असफल हुन्छ ।’

प्रतिक्रिया दिनुहोस