एजेन्सी । भारतलाई हराउँदै एक दिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ। गुजरातको नरेन्द्र मोदी स्टेडियममा आइतबार बेलुका सम्पन्न फाइनलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको हो।
भारतले दिएको २४१ रनको मध्यम लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। यो सँगै अस्ट्रेलियाले सबैभन्दा बढी छैटौँ पटक उपाधि चुमेको छ।
सन् १९८७ मा भारत र पाकिस्तानमा हुँदा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले ३६ वर्षपछि पुनः भारतमै अर्को उपाधि थप्यो। त्यतिबेला इंग्ल्यान्डलाई पराजित गरेको थियो। १९९९ मा पाकिस्तानलाई पराजित गर्दै दोस्रो पटक उपाधि जितेको अस्ट्रेलियाले लगातार उपाधिमा ह्याट्रिक गरेको थियो।
सन् २००३ मा भारतलाई र २००७ मा श्रीलंकालाई पराजित गर्दै चौथो पटक उपाधि जितेको थियो। त्यसपछि सन् २०१५ मा अस्ट्रेलिया र इग्ल्यान्डमा आयोजना हुँदा न्युजिल्यान्डलाई पराजित गरेको थियो।८ वर्षपछि पुनः आयोजक भारतलाई नै स्तब्ध पार्यो।
अस्ट्रेलियाको यो नतिजाले जारी विश्वकपमा १० खेलको अपराजित यात्रा मात्रै टुंगिएन घरेलु दर्शकमाझ तेस्रो पटक उपाधि चुम्ने सपना पनि घरेलु भूमिमा बिलायो। यसअघि भारतले २०११ मा भारत र बंगलादेशले आयोजना गर्दा श्रीलंकालाई पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो।
त्यसअघि १९८३ मा इग्ल्यान्डमा वेस्टइन्डिजलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। अरु दुई पटक फाइनलमा पुगे पनि दुवै पटक अस्ट्रेलियाले नै निराश बनायो।
छैटौँ उपाधिका नायक बने ट्राभिस हेड
घरेलु टोलिलाई निरास बनाउने अस्ट्रेलियाको टोलिका नायक बने ट्राभिस हेड। उनले निर्णयक खेलमा सानदार सतक पूरा गर्दा मार्नस लावुसचेनसँग १९१ रनको साझेदारी गरे।
हेड टोलीलाई मात्र २ रन आवश्यक हुँदा सिराजको बलमा क्याचआउट भए। ट्राभिसले ११९ बलमा १३७ रन बनाए। मार्नसले १०९ बलमा ५७ रन बनाए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ मंसिर २०८०, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यू–१९ विश्वकप क्रिकेट : भारतलाई आज चुनौती दिँदै नेपाल
विश्वकप क्रिकेटको फाइनल आज, भारत र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दै
सन् २००३ को भन्दा यसपटक नतिजा फरक हुनेछ : गांगुली
पिच परिवर्तनको विवादमा म्याच सकिएपछि न्यूजिल्याण्डका कप्तानले के भने ?
विश्वकप क्रिकेट: अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच आज सेमिफाइनल भिडन्त
न्युजिल्याण्डलाई पराजित गर्दै भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा