आईसीसी एकदिवसीय विश्वकप : १०० रन नपुग्दै भारतका ३ खेलाडी आउट

सफल खबर संवाददाता

आइतबार, ०३ मंसिर २०८०, १५ : ५६
आईसीसी एकदिवसीय विश्वकप : १०० रन नपुग्दै भारतका ३ खेलाडी आउट

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियासँगकाे खेलमा भारत दबाबमा देखिएकाे छ ।

हैदराबादमा टस हारेर ब्याटिङकाे निम्ताे पाएको भारतले १०० रन नजाेड्दै ३ विकेट गुमाएकाे छ । भारतका कप्तान रोहित शर्मा ४७, शुभमन गिल र श्रेयस अय्यर समान ४ रनमा आउट भए । अहिले क्रिजमा विराट काेहली र केएल राहुल छन् । काेहली ३४ र राहुल १० रन बनाएर खेलिरहेका छन् । १६ ओभरकाे खेल सकिँदा भारतले ३ विकेट गुमाएर १०१ रन बनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस