तीन सातामा १६५ जना जुवाडे पक्राउ, साढे ३४ लाख बरामद

सफल खबर संवाददाता

विहीबार, ३० कार्तिक २०८०, १६ : ५०
तीन सातामा १६५ जना जुवाडे पक्राउ, साढे ३४ लाख बरामद

काठमाडौँ । दसैँपछि तिहारसम्म तीन साताको अवधिमा काठमाडौँ उपत्यकाबाट १६५ जना जुवाडे पक्राउ परेका छन् । यस्तै उनीहरुको साथबाट कुल ३४ लाख ६२ हजार ८८५ रुपैयाँ बरामद भएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार कात्तिक ११ देखि ३०गते ९ बजेसम्म तास र लङ्गुरबुर्जा खेल्ने कार्यमा संलग्न १३३ जना पक्राउ परेका छन् ।

काठमाडौँका १२, ललितपुरका २ र भक्तपुरका २ स्थानबाट उनीहरु पक्राउ परेका हुन् । उक्त स्थानबाट ६९ बुक तास, चेक २० हजार र नगद एक्काइस लाख एकहत्तर हजार तीन सय पैँतीस रुपैयाँ बरामद भएको छ ।

यस्तै कौडा खेल्ने कार्यमा संलग्न ३२ जना पक्राउ परेका छन् । काठमाडौँ र ललितपुरका १–१ स्थानबाट पक्राउ परेका उनीहरुको साथबाट १२ लाख एकानब्बे लाख पाँच सय पचास रुपैयाँ बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस