काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने सरकारको निर्णय उल्टो कदम भएको टिप्पणी गरेका छन् ।सोमवार सरकारले टिकटक बन्द गर्ने निर्णय गरेलगतै उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ ।’ उनले लेखेका छन्, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरूत्साहित गर्न नियमन आवश्यक छ, तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो । यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने/नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो ।
यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैत्तिक स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखिएको उनले बताएका छन् । ‘सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन ।’ उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ कार्तिक २०८०, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट प्रकरणको निर्णय गर्नेलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ: महामन्त्री थापा
नीति तथा कार्यक्रम मात्रै होइन, सरकारका कुनै पनि काम कारबाही अगाडि बढ्न दिँदैनौं : गगन थापा
नेपालमा सबै भत्किने र बिग्रिने मात्रै भएको छैन, साना कुरामा बाटो समातिरहेका छौं : गगन थापा
चुनावी प्रचारबाट फर्किएलगत्तै अमेरिका उडे महामन्त्री थापा
सुशासन र विकास कांग्रेसको ‘एजेन्डा’ बन्नुपर्छ : गगन थापा
एमालेसँग गगनको प्रस्ताव– ३० सिटे दलले तर्साउने खेल बन्द गर्न सहकार्य गरौं