काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।
आजका लागि छापावल सुनको मूल्य एक लाख १३ हजार २०० र तेजावी सुनको मूल्य एक लाख १२ हजार ६५० रुपैयाँ कायम भएको छ । आइतबार एक लाख १३ हजार ७ सय रुपैयाँमा छापावाल सुन, एक लाख १३ हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य आज एक हजार ३६० रुपैयाँ कायम भएको छ । आइतबार एक हजार ३८० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ कार्तिक २०८०, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, चाँदी घट्यो
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?