काठमाडौं । नेपाल समाजवादी पार्टीले जाजरकोट तथा रुकुमका भूकम्पपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ।
समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जाजरकोट-रूकुम पश्चिम भूकम्पपीडितका लागि १० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका छन्।
भट्टराईले सामाजिक सञ्जालमार्फत भूकम्पपीडितलाई १० लाख रुपैयाँ सहयोग गरेको जानकारी दिएका हुन्।
उनले प्रभावित क्षेत्रमा जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था राज्यका सबै अंग र तह परिचालित गरी अझै छिटो र प्रभावकारी रूपमा गर्न आग्रह समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ कार्तिक २०८०, १० : ४८
लेखकबाट थप