तीन महिनामा साढे ११ करोड रुपैयाँको कफी आयात

सफल खबर संवाददाता

आइतबार, २६ कार्तिक २०८०, १३ : १०
तीन महिनामा साढे ११ करोड रुपैयाँको कफी आयात

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा साढे ११ करोड रुपैयाँको कफी आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा ११ करोड ५२ लाख ५ हजार रुपैयाँको कफी आयात भएको हो ।

सो रकम बापत १ लाख १९ हजार किलो बराबरको कफी आयात गरिएको हो । सरकारले सो बापत ६ करोड ७३ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सो कफी अस्ट्रेलिया, चीन, भारत, थाइल्यान्ड, भेइतनाम, जापान, मलेसिया लगायत मुलुकबाट आयात गरिएको भन्सार विभागले जनाएको छ ।

गत वर्ष सोही समयावधिमा ६४ हजार ६ सय किलो कफी आयात भएको थियो । सो बापत ४ करोड ९२ लाख ४१ हजार रुपैयाँको बाहिरिएको थियो भने, सरकारले २ करोड ५४ लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस