काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा मंसिरभित्र ५०–६० हजार अस्थायी आवास बनाउनुपर्ने बताएका छन् ।
कांग्रेस महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले जाजरकोट र रुकुम पश्चिमको भ्रमणपछि शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
जसमा जाडो सुरु हुनुअघि नै भूकम्प पीडितलाई जाडो छेक्ने अस्थायी आवासमा राख्नुपर्ने उल्लेख गरिएको छ । प्रधानमन्त्री भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले मंसिर महिनाभित्र ५०–६० हजार अस्थायी आवास बनाउन नसके त्रिपालले मात्र पुसको जाडो छेक्न नसक्ने बताए ।
‘त्यो अस्थायी टहरा बनाउने काम हामीले मंसिरको महिनाभित्र यदि सम्पन्न गर्न सकेनौँ भने पुसको जाडो यो त्रिपालले थेग्नै सक्दैन । र, यसले यति ठूलो भयावह स्थितिको सिर्जना गर्छ’, उनले भने ।
भत्केकै घरको धेरैजसो सामान प्रयोग गरेर र केही सामान बजारमा किनेर ३५ हजार रुपैयाँसम्ममा जाडो छेक्ने अस्थायी आवास बनाउन सकिने आफूहरुले जाजरकोटको नलगाड र खलंगामा गरेको प्रयोगले देखाएको पनि थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ कार्तिक २०८०, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी
अमरेशकुमारसँग साढे छ हजार मतले पछाडि गगन थापा
सर्लाही-४ : गगन थापा भन्दा अमरेश सिंह ३२ सयले अगाडि
कांग्रेस सभापति गगन थापाले गरे मतदान