मध्य किभमा दुई शक्तिशाली विस्फोट

सफल खबर संवाददाता

शनिबार, २५ कार्तिक २०८०, १५ : ३३
मध्य किभमा दुई शक्तिशाली विस्फोट

किएभ । मध्य किभमा दुई शक्तिशाली विस्फोटको आवाज सुनिएको किभस्थित एएफपीका रिपोर्टरले शनिबार बिहान बताएका छन् ।

“राजधानीको बायाँ किनारामा शक्तिशाली विस्फोटको आवाज सुनिएको छ । प्रारम्भिक जानकारीअनुसार हवाई प्रतिरक्षाले ब्यालेस्टिक हतियारविरुद्ध काम गरेको छ,” किभका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा लेखेका छन् ।

अहिलेसम्म कोही व्यक्ति घाइते भएको खबर प्राप्त नभएको उनले बताए । युक्रेनको राजधानीमा लामो समयको शान्तिपछि उक्त आक्रमण भएको हो । गएको सेप्टेम्बर २१ मा एयर डिफेन्सले किभमा क्षेप्यास्त्र खसालेको थियो ।

प्रतिक्रिया दिनुहोस