काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कतिदिन पदमा रहन्छु भन्ने ठूलो कुरा नरहेको बताएका छन् । आज (शनिबार) ‘कीर्तिपुरका जनतासँग प्रधानमन्त्री प्रचण्ड’ साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा रहने कुरा मुख्य नभएको बताएका हुन् ।
आफू पदमा रहने कुरा मुख्य नभएर जनताको पक्षमा, सुशासन, सामाजिक न्याय र समृद्धि मुख्य भएको उनले बताए । ‘कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, त्यो मुख्य कुरा होइन । मुख्य सुशासन, सामाजिक न्याय र समृद्धिको हो,’– उनले भने ।
प्रधानमन्त्री प्रचण्डले समाजमा प्रभाव पार्ने गरी सरकारले आफ्नो गतिविधि अगाडि बढाइरहेको बताए । सरकारबाट नयाँ किसिमले काम गरिएन भने संविधान, लोकतन्त्र, गणतन्त्र र राष्ट्रनै खतरामा पर्ने अवस्थालाई बुझेर आफूले काम गरिरहेको उनले बताए । आफूहरुले सामाजिक न्याय, सुशासन र समृद्धिको नारासहित सरकारका कामकारबाही अगाडि बढाइरहेको उनको दाबी छ ।
तराईमा रहेको मिटरव्याजी समस्यामा सरकारले खेलेको महत्वपूर्ण भूमिकाको कारण अहिले लाखौं किसानहरुले मुक्तिको स्वाश फेरिरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ कार्तिक २०८०, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड