भूकम्प प्रभावित क्षेत्रमा १२ सय परिवारलाई त्रिपाल बाँड्दै उपप्रधानमन्त्री खड्का

सफल खबर संवाददाता

शनिबार, २५ कार्तिक २०८०, १२ : ३५
भूकम्प प्रभावित क्षेत्रमा १२ सय परिवारलाई त्रिपाल बाँड्दै उपप्रधानमन्त्री खड्का

काठमाडौं। उपप्रधानमन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडित परिवारका लागि राहत लिएर रुकुम पश्चिम पुगेका छन् ।करिब एक हजार दुई सय परिवारलाई पुग्ने त्रिपाल लिएर उनी शनिवार बिहान सुर्खेत विमानस्थलबाट प्रभावित क्षेत्र पुगेका हुन् । 

यही कात्तिक १७ गते जाजरकोट केन्द्र भइ भूकम्प गएयता उपप्रधानमन्त्री खड्का भूकम्प प्रभावितको उद्धार र राहतमा सक्रिय छन् । स्थानीय तह, प्रशासन र प्रदेश सरकारसँग समन्वय गर्दै राहत अपुग स्थानमा स्थल र हवाई मार्गमार्फत खड्का राहत वितरणमा केन्द्रित छन् ।

उपप्रधानमन्त्री खड्काले भूकम्प प्रभावितले समयमै राहत नपाएको विषयमा सरकार गम्भीर भएको भन्दै आइतवारसम्म सबै पीडितलाई तत्कालीन राहत सामग्री पुर्‍याउने गरी काम  भइरहेको बताए ।

उपप्रधानमन्त्री खड्काले रूकुम पुर्‍याएको त्रिपालमध्ये जाजरकोटको भेरी नगरपालिका, रूकुम पश्चिमको चौरजहारी नगरपालिका र मुसिकोट नगरपालिकामा ५/५ सय, सल्यानको बाँफीकोट गाउँपालिकामा दुई सय ९२ तथा सल्यानकै त्रिवेणी गाउँपालिकामा ५ सय वटा वितरण हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस